अछामको विनायकमा युवक मृत भेटिए

Nisharg hospital

१५ भदौ, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

swostik

मंगलबार राति करीब साढे १० बजेतिर विनायक बजार नजिकै मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने मुख्य सडकको नालीमा स्थानीय २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले बेलुका घर नफर्किएपछि खोजी गर्दा धामी नालीमा मृत फेला परेको जानकारी दिए ।

उनकाअनुसार अहिले घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको छ भने घटनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...