एमालेमा फर्किदै शाहीले भने–माधव नेपालले पार्टीलाई मागी खाने भाँडो बनाए

lok8

१५ भदौ, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई मागी खाने भाँडो बनाएको आरोप लागेको छ ।

Nisharg hospital

बुधबार महेन्द्रनगरमा अध्यक्ष केपी शर्मा ओलीबाट खादा लगाएर एमालेमा प्रवेश गर्दै समाजवादी पार्टीका पूर्व सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका बिक्रमबहादुर शाहीले पार्टीलाई भिख माग्ने भाडो जस्तै बनाएको आरोप लगाएका हुन् ।

‘माधव नेपालले पार्टीलाई भिख माग्ने भाँडो बनाए । त्यो लोभीपापीको पार्टी बनेकाले फेरी हामी घर फर्किएका छाँै,’ पार्टी प्रवेशपछि कार्यक्रममा सम्बोधन गर्दै शाहीले भने ।

कतिपयले पदका लागि पुनः एमालेमा फर्किएको बताइरहेको सुनेको उल्लेख गर्दै शाहीले आफू पार्टीमा कुनै पद माग्न नआएको स्पष्ट पार्दै अरु नेता, कार्यकर्तालाई समेत पार्टीमा फर्काउदै बलियो बनाउन लागिपर्ने जनाए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...