press
po

कञ्चनपुरमा घरमाथि रुख ढल्दा ६ जना घाइते, दुईको अवस्था गम्भीर

cp new add
Nisharg hospital
dhanga
Rubic

१५ भदौ, धनगढी । कञ्चनपुरमा घरमाथि रुख ढल्दा ६ जना घाइते भएका छन् ।

sanjiwan
Nisharg
Nav

शुक्लाफाँटा नगरपालिका–७ को शान्तिपुरमा केहीबेर अघि घरमाथि रुख ढल्दा ६ जना घाइते भएको र उनीहरु मध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

घाइते हुनेमा १८ वर्षीया लक्ष्मी धानुक, १९ वर्षीय लक्ष्मी भण्डारी, ५० वर्षीया मैना जोशी रहेको वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशीले जानकारी दिए । उनकाअनुसार स्थानीय ४५ वर्षीय लिलाधर भट्ट र १५ वर्षीय खगेन्द्र धामी पनि घाइते छन् ।

HAMRO DAIRY

उनीहरु मध्ये लक्ष्मी धानुक र लक्ष्मी भण्डारीको अवस्था गम्भीर छ । घाइतेहरुको झलारीस्थित शुक्लाफाँटा पोलीक्लनीकमा उपचार भइरहेको छ । स्थानीय प्रेम विष्टको घरमा जम्मा भएर तीज मनाइरहेका बेला रुख खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...