कैलालीका एसपी राठौरमाथि छानबिन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन

cp new add
Nisharg hospital
suchana
Nast new

१४ भदौ, धनगढी । भारतबाट अवैध रुपमा भित्र्याएको भन्दै कैलाली प्रहरीले बरामद गरेको ९०० किलो चिनी जिल्ला प्रहरी कार्यालयबाटै हराएको विषयमा छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोलासिंह रावलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले बरामद गरिएको चिनी जिल्ला प्रहरी कार्यालयबाट हराएको भन्ने सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको बताए ।

‘चिनी बरामदपछि प्रहरी कार्यालयबाटै हराएको भन्ने कुरा के हो ? भनेर एसपीलाई मैले लिखित जवाफ मागेको छु । साथै छानबिनका लागि हिजो एसएसपी साबको संयोजकत्वमा समिति पनि गठन गरिएको छ,’ डीआईजी आचार्यले  भने । छानबिन समितिलाई प्रतिवेदन बुझाउन निश्चित समय नतोकिए पनि एक-दुई दिनभित्र काम सक्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

छानबिनका क्रममा बाहिर सार्वजनिक भए जस्तो प्रहरीको बदमासी देखिएको खण्डमा एसपीसहितका संलग्न अधिकारीलाई कारबाहीको दायरामा ल्याउने डीआईजी आचार्यको भनाइ छ । भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा भारतबाट अवैध रुपमा अटो रिक्सामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले ५० किलो तौलका १८ बोरा चिनी प्रहरी नायब निरीक्षक (सई) मदन धामी नेतृत्वको टोलीले बरामद गरेको थियो ।

रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले प्रहरीले तस्करलाई नै फिर्ता गरिदिएको आरोप लागेको छ । एसपी राठौरकै निर्देशनमा तस्करीको चिनी सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिएको आरोप लागेको छ ।

एसपी राठौरले चिनी भन्सार बुझाइसकेको दाबी गरे पनि भन्सारमा रेकर्ड छैन नि भनेर सोध्दा बुझेर बताउने प्रतिक्रिया दिएका थिए । तर कैलाली प्रहरीले यो विषयमा अहिलेसम्म आधिकारीक सूचना दिएको छैन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...