कैलाली-५ बाट प्रतिनिधिसभा सदस्यमा आरजु सर्वसम्मत सिफारिस

Nisharg hospital

१७ भदौ, धनगढी । नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रिय किमिटिले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा आरजु राणा देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

Dhangadhi suchana

बिहीबार बसेको बैठकले अगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राणाको नाम सर्वसम्मत रूपमा जिल्ला कमिटिमा सिफारिस गरेको हो ।

कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले प्रतिनिधिसभाको क्षेत्रिय कमिटिबाट राणाको मात्र नाम सिफारिस भएर आएको बताउदै जिल्ला कमिटिले प्रदेशमा सिफारिस गर्ने जानकारी दिए । उनकाअनुसार शनिबार बस्ने जिल्ला कमिटिको बैठकले राणाको नाम प्रदेशलाई सिफारिस गर्नेछ ।

कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारीले पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि क्षेत्रिय समितिमा निवेदन पेश गरेका थिए तर क्षेत्रिय समितिले आरजुको नाम मात्र सिफारिस गरेको हो ।भण्डारीले कैलाली-४ मा समेत उम्मेदवारीका लागि निवेदन दिएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...