कञ्चनपुरमा चट्याङ लागेर श्रीमान–श्रीमतीकोे मृत्यु

Nisharg hospital

१९ भदौ, धनगढी । कञ्चनपुरमा चट्याङ लागेर श्रीमान–श्रीमतीकोे मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–७ को शान्तिपुर बस्ने २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षिया मन्तरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले माछा मारेर घर फर्किने क्रममा चट्याङ लाग्दा घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

याे पनि हेर्नुस्
Loading...