एमाले सचिव भट्ट कैलाली–४ बाट प्रतिनिधिसभामा सर्वसम्मत सिफारिस

Kailali hospital
Nisharg hospital

१९ भदौ, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएको छ ।

Navjiwan hospital adv

निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रिय कमिटिको बैठकबाट भट्टको नाम जिल्ला कमिटिमा सर्वसम्मत रुपले सिफारिस भएर आएको एमाले प्रचार विभाग प्रमुख लोकेन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रदेशसभातर्फ आकांक्षी धेरै हुँदा सर्वसम्मत रुपले नाम छनोट हुन सकेको छैन । क्षेत्रिय समितिले आकांक्षी देखिएकाहरुका नाम एकमुष्ट रुपमा जिल्ला कमिटिमा पठाएका छन् । अब जिल्ला कमिटिको बैठकले ती नामहरु प्रदेश कमिटिलाई सिफारिस गर्ने जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...