राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमका संयोजक शाह प्रदेशसभाको उम्मेदवारमा सिफारिस

Nisharg hospital

१९ भदौ, धनगढी । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमका संयोजक विनय शाह प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।

Dhangadhi suchana

आइतबार बसेको प्रदेश निर्वाचन समन्वय कमिटिको बैठकबाट एमाले जिल्ला कमिटि सदस्य समेत रहेको शाहको नाम जिल्ला कमिटिमा सिफारिस भएर आएको एमाले प्रचार विभाग संयोजक लोकेन्द्र शाहीले जानकारी दिए ।

उनकाअनुसार शाहसँगै निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा ‘ख’ बाट एमाले कैलालीका कार्यवाहक उपाध्यक्ष दुर्गाप्रसाद जोशी, नेता डिल्लीराज जोशी, प्रदेश कमिटि सदस्य यज्ञ ढुंगाना, नगर संयोजक चुडामणी भट्ट र सानु साउदको सिफारिस भएको छ ।

अब जिल्लाले यी नामहरु प्रदेश कमिटिलाई सिफारिस गर्ने जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...