कञ्चनपुरमा सर्पको टोकाइबाट युवतीको मृत्यु, आमा गम्भीर

spa1
Nisharg hospital

२१ भदौ, धनगढी । कञ्चनपुरमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु भएको छ । वेदकोट नगरपालिका–१० दैजी बस्ने १८ वर्षीया पुष्पा दमाईको सोमबार सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

swostik

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले घरमा सुतेको बेला पुष्पालाई सर्पको टोकेको बताए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको शाहले बताए ।

kailali model

मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई पनि सर्पले टोकेको छ । उनको महाकाली प्रादेशिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...