दार्चुलाको बाढीपहिरो : मृतकका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख दिने

cp new add
Nisharg hospital
suchana
Nast new

२५ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलामा बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ । राहत सामाग्री लिएर दार्चुला पुगेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने बताएका हुन् ।

उनले बाढीपहिरोमा परी घाइते भएकालाई उपचारका लागि पनि जनही ५० हजार दिने समेत घोषणा गरेका छन् । दार्चुलामा अविरल वर्षापछि शुक्रबार राति आएको बाढीपहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता छन् । घाइते ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...