नेपाल वन प्राविधिक सञ्जाल सुदूरपश्चिमको अध्यक्षमा गिरी

Nisharg hospital

२५ भदौ, धनगढी । नेपाल वन प्राविधिक सञ्जाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भक्तराज गिरी सर्वसम्मत चयन भएका छन् । शनिबार धनगढीमा भएको अधिवेशनबाट गिरीको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरिएको हो ।

Navjiwan hospital adv

समितिको उपाध्यक्षमा गणेश त्रिपाठी, महासचिवमा डबलबहादुर बोहरा, कोषाध्यक्षमा सोमलाल घलान चयन भएका छन् । सदस्यहरुमा दिपेन्द्र केसी, हरीनारायण यादव, योगेश पन्त, जीवन, विनोदराज सुवेदी, हेमराज अवस्थी र सुरेन्द्रप्रसाद खत्री पनि सर्वसम्मत रुपले चयन भएका छन् ।

यस्तै अधिवेशनले शम्भुप्रसाद तिवारी र रामचन्द्र कडेललाई केन्द्रीय प्रतिनिधिका रुपमा चयन गरेका छन् ।

याे पनि हेर्नुस्
Loading...