दार्चुलाका बाढीपहिरो प्रभावितलाई तत्काल राहत दिन एमालेको माग

cp new add
Nisharg hospital

२६ भदौ, धनगढी । नेकपा एमालेले दार्चुलाका बाढीपहिरो प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रती दुःख व्यक्त गर्दै प्रभावितहरुलाई उचित राहत र क्षतिपूर्ती उपलब्ध गराउन माग गरेको हो ।

Nast Ad

एमाले प्रदेश कमिटिका सचिव धर्मराज पाठकले जारी गरेको विज्ञप्तीमा बेपत्ताहरुको खोजी तथा उद्धारको कार्यलाई तदारुकताका साथ अगाडी बढाउन पनि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको छ ।

‘बेपत्ताहरुको खोजी तथा उद्धारको कार्यलाई तदारुकताका साथ अगाडी बढाउन तथा प्रभावितहरुलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न तिनै तहका सरकार समक्ष हाम्रो पार्टी नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी जोडदार माग गर्दछ,’ जारी विज्ञप्तीमा भनिएको छ ।

साथै बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली दिदै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । दार्चुलामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता भएका छन् । हाल ८ जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...