बिनाप्रमाण छापा मारेर व्यवसायीको मानमर्दन गरिएको भन्दै सांसद गच्छदारले उठाइन् प्रश्न

cp new add
Nisharg hospital

नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले सोमबार विराटनगरमा प्रहरीले प्रतिष्ठित उद्योगीको घर र कार्यालयमा छापा मारेको विषयमा प्रश्न उठाएकी छिन्।

Nast Ad

”प्रहरी र सिआइबीको टोलीले साउन १८ गते उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा करिब ५ घण्टासम्म खानतलासी गरेको थियो। तर खानतलासी गर्दा कुनै शंकास्पद वस्तु बरामद भने गर्न सकेन । सांसद गच्छदारले सरकारको सूचना सन्यन्त्र कमजोर भएको उल्लेख गर्दै खानतलासी गर्न पर्याप्त प्रमाण भएरनभएको देखाउन सरकारलाई आग्रह गरेकी छिन्।

‘पर्याप्त प्रमाण थियो भने परिणाम खोइरु यदि पर्याप्त आधार थिएन भने एउटा उद्योगीको प्रतिष्ठामाथि परेको क्षतिको जिम्मेवारी कसले लिन्छु, संसद बैठकमा गच्छदारले भनिन्, ”गलत र अपुष्ट सूचनाको भरमा जो कसैको पनि मानमर्दन गर्ने काम बन्द गरियोस्। अपराधीलाई कानुनी कारबाही होस तर शंका को भरमा होइन। अनुसन्धानको नाममा प्रमाण बिना धरपकड, मानमर्दन गर्ने सरकारको प्रवृत्तिले निजि क्षेत्र त्रसित र असुरक्षित भएको छ। लगानीको वातावरण बिग्रेको छ र राज्यप्रतिको विश्वास कमजोर भएको छ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...