सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

cp new add
Nisharg hospital

२६ भदौ, काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

Nast Ad

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्‍याम ज्ञवालीले जानकारी दिए ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो । लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघकाअनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...