कैलालीमा दुई जनाको ज्यान लिएको डेंगु रोगको जोखिम कायमै

cp new add
Nisharg hospital

– कन्चन धामी

Nast Ad

२६ भदौ, धनगढी । कैलालीमा दुई जनाको ज्यान लिएको डेंगु रोगको जोखिम कायमै रहेको छ । सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढि प्रभावित जिल्लाका रुपमा रहेका कैलालीमा डेंगु रोगको संक्रमण फैलिने क्रम नरोकिएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट मिनबहादुर धामीले साउन मसान्त सम्मको तथ्याङकअनुसार ७१ जनामा डेंगु संक्रमण देखिएको बताउदै जोखिम अझै नहटेको जानकारी दिए ।

उनकाअनुसार डेंगु रोगको संक्रमणबाट धनगढी उपमहानगरपालिका–१२ जुगेडा बस्ने ३५ वर्षीय महिलाको मृत्यु भएको थियो भने टीकापुर नगरपालिकामा पनि ५ वर्षीय बालकको डेंगु रोगबाट उपचारका क्रममा मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालयका सुचना अधिकारी योगेन्द्रप्रसाद ओझाले एडिज जातको लामखुटेको टोकाईबाट मानिसमा लाग्ने डेंगु संक्रमणबाट बच्न घर वरपर पानी जम्न नदिने, पानी भरेको भाडोलाई राम्ररी छोपेर राख्नुपर्ने तथा झुलको प्रयोग गरेर सुत्नुपर्ने बताउँछन् ।

ज्वरो आउने, आँखा दुख्ने, रिगटा लाग्ने, थकान लागेको महसुस हुने, हातखुट्टाका र्जोर्नीहरु दुख्ने जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

 

 

 

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...