सुदूरपश्चिममा घर बिक्रिको कागज थमाउदै सरकारी आवास सुविधा लिदै यी सांसद

Nisharg hospital
Airth Mantralaye

२६ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य मालामती रानाले प्रदेश राजधानीमै घर भएर पनि आवास सुविधा लिएको भन्दै आलोचना भएपछि २०७५ को फागुनदेखि प्रदेशसभाबाट आवास सुविधा बापतको रकम लिइनन् ।

pradesh helath nirdesanalaye
gauriganga

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको सेवासुविधा सम्बन्धी ऐन २०७५ अनुसार प्रदेश राजधानीमा घर भएका पदाधिकारी तथा सदस्यलाई आवास सुविधा नदिइने व्यवस्था छ । उक्त व्यवस्था विपरीत आवास सुविधा लिएकी रानाले आलोचनापछि २०७५ फागुनमा आवास सुविधा बापतको रकम नलिएकी हुन् । तर प्रदेशसभा सचिवालयदेखि करीब डेढ किलोमिटरको दूरीमा पर्ने धनगढी उपमहानगरपालिका–८ मा घर हुँदाहुँदै पनि रानाले फेरी आवास सुविधा लिन थालेको पाइएको छ ।

Dhangadhi bidhut

आवास सुविधा नलिएका बेला वार्षिक ३५ हजार रुपैयाँ एकमुष्ट आवास मर्मत शिर्षकमा प्रदेशसभा सचिवालयले रानालाई उपलब्ध गराउदै आएको छ । रानाले आर्थिक वर्ष २०७६-७७ को साउनदेखि भने प्रदेशसभा सचिवालयमा धनगढीमा आफ्नो घर नभएको देखाउदै आवास सुविधा बापत मासिक १७ हजार रुपैयाँ लिने गरेको पाइएको छ ।

यसअघि एकाघर परिवारको सदस्यको नाममा रहेको घर अर्कै व्यक्तिको नाममा राजीनामा गरेको कागजपत्र पेश गरेर रानाले आवास सुविधा बापतको रकम लिइरहेकी हुन् । धनगढीमा घर हुँदाहुँदै पनि आवास सुविधा लिइरहेको विषयमा रानाले कानूनअनुसार नै सेवासुविधा लिइरहेको दाबी गरिन् ।

विगतमा मर्मत सम्भार खर्च लिने गरेकोमा एकाएक घर बिक्रि गर्नुको कारण बारे जिज्ञाशा राख्दा भेटेरै कुराकानी गर्ने भन्दै उनले फोन काटिदिइन् । राना जनता समाजवादी पार्टी सुदूरपश्चिम संसदीय दलकी नेता हुन् ।

राना मात्र होइन प्रदेश राजधानी धनगढीमा घर भएका नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य बिरमान चौधरीले समेत २०७६ को साउनदेखि प्रदेशसभाबाट आवास सुविधा बापतको रकम लिइरहेको पाइएको छ ।

राना जस्तै अघिल्लो पटक आवास मर्मत सम्भार खर्च लिने गरेका चौधरीले पनि धनगढीमा भएको घर बिक्रि गरिएको दाबी पेश गर्दै आवास सुविधा लिइरहेका हुन् । उनले श्रीमतीको नाममा रहेको घर बिक्रि गरेको दाबीसहितको कागजपत्र प्रदेशसभा सचिवालयमा लिखित रुपमा पेश गर्दै आवास वापतको सेवासुविधा माग गरेको स्रोत बताउँछ ।

यो विषयमा प्रतिक्रिया लिन खोज्दा चौधरी सम्पर्कमा आएनन् । पहिलो पटक औपचारिक कार्यक्रममा रहेको बताएका उनीसँग पुनः सम्पर्क गरियो तर फोन उठाएनन् ।

बुहारीको घरमा बस्ने, आवास सुविधा सरकारी

प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवर नेकपा एमालेका प्रदेशसभा सदस्य हुन् । विगतमा प्रदेशसभा सचिवालयबाट आवास सुविधा नलिएका कुँवरले पनि तीन वर्षदेखि भने मासिक १७ हजारका दरले मासिक रुपमा आवास सुविधा लिइरहेको पाइएको छ ।

उनले गत २०७६ सालको साउनदेखि नै आवास सुविधा बुझिरहेको देखिन्छ । जबकी उनको धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा घर छ । कुँवर सोही घरमा बस्दै आएका छन् । तर कुँवरले उक्त घरमा आफ्नो नाममा नभएर बुहारीको नाममा भएकाले त्यस्तो अवस्थामा कानूनअनुसार सेवासुविधा लिन मिल्ने बताउँछन् । सोही कारण प्रदेशसभा सचिवालयले आवास सुविधा बापत दिने सुविधा लिइरहेको कुँवरले बताए ।

प्रदेशसभा सदस्यहरुले आफ्नै लागि बनाएको सेवासुविधा सम्बन्धी विद्येयकमा प्रदेश राजधानीमा घर भएमा आवास सुविधा नपाउने व्यवस्था गरिएको छ तर सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले भने कानूनलाई लत्याउँदै निजी घर हुँदाहुँदै आवास सुविधा लिइरहेका हुन् । प्रदेशसभा सचिवालयले भने सांसदहरुले धनगढीमा घर नभएको दाबीसहित आवास सुविधा माग गरेपछि सो बापतको रकम खातामा हाल्ने गरिएको जनाएको छ । तर विगतमा आवास सुविधा लिदै आएका धनगढीमै घर भएका केही प्रदेशसभा सदस्यहरुले भने आलोचनापछि लिन छाडेका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...