जब मन्त्री धामीले आफूले चढेको हेलीकोप्टरमा घाइते पठाएर सडक यात्रा रोजे…

cp new add
Nisharg hospital

२६ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले पहिरोमा परेर घाइते भएकी महिलालाई हेलीकोप्टर मार्फत उपचारका लागि धनगढी पठाएका छन् ।

Nast Ad

शनिबार राहत लिएर उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुसँगै दार्चुलाको बाढी प्रभावित क्षेत्र पुगेका धामीले पहिरोमा परेर गम्भीर घाइते भएकी नौगाड गाउँपालिका–१ की ४० वर्षीय रम्भा ठगुन्नालाई धनगढी पठाएका हुन् ।

महाकाली नगरपालिकाका स्थानीय हरिश भट्टकाअनुसार धामीले गाडीको यात्रा रोज्दै उपचारका लागि चाडो धनगढी पुगाउनका लागि हेलीकोप्टर ठगुन्नालाई पठाएका हुन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो क्षति गरेको छ ।

प्रभावित क्षेत्रको अवलोकन गर्न राहत लिएर मन्त्री धामी त्यहाँ पुगेका थिए । बाढीपहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता छन् । घाइते अवस्थाका ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...