डा. केसी अनशन बस्न धनगढी आउँदै

Nisharg hospital

२७ भदौ, धनगढी । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् । माग पूरा गर्न दिएको समयसीमा घर्किदा समेत सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी आइरहेका छन् ।

Navjiwan hospital adv

काठमाडौँबाट बिहान ११ः४० बजेको श्रीएयरलाइन्सको विमानमा उनी धनगढीका लागि उडेका छन् । केसीले आज बेलुकीदेखि अनशन थाल्ने बताइएको छ ।

उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।

 

याे पनि हेर्नुस्
Loading...