बाइडेनले फेरि भने -सी तानाशाह

Nisharg hospital

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङबारे फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् । क्यालिफोर्नियामा एसिया(प्रशान्त आर्थिक सहयोग९एपेक० को शिखर सम्मेलनमा चिनियाँ समकक्षी सीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलमा अमेरिकी राष्ट्रपति बाइडेनले सीलाई पुनस् तानाशाहु को संज्ञा दिएका हुन् ।

यसअघि यसै वर्षको जुनमा दुई देशबीच उच्च तहको कुराकानी भएको भोलिपल्टै बाइडेनले सीलाई ुतानाशाहु भनेका थिए । अमेरिकी हवाई क्षेत्रमा चीनले जासुसी बेलुन उडाएको आरोप लगाउँदै सीलाई उनले ुतानाशाहु को ुउपमाु दिएका थिए । उनको टिप्पणीलाई चीनले गैरजिम्मेवारपूर्ण र बेवकुफीु अभिव्यक्तिको संज्ञा दिएको थियो ।

Navjiwan hospital adv

यस पटक चिनियाँ राष्ट्रपतिसँग निकै प्रभावकारी संवाद भएको बताइरहेका बेला बाइडेनको विवादास्पद भनाइ बाहिर आएको हो । अहिलेसम्म यसबारेमा बेइजिङले केही प्रतिक्रिया जनाएको छैन । चिनियाँ सञ्चारमाध्यमले पनि विश्वका दुई प्रभावशाली नेताबीच सौहार्दपूर्ण र प्रभावकारी संवाद भएको जनाएका छन् ।

के भने बाइडेनले ?

पत्रकार सम्मेलनमा सीएनएनकी पत्रकार एमजे लीले सोधेको ुके तपाईं अझै पनि चिनियाँ राष्ट्रपति सीलाई तानाशाह भन्नुहुन्छु भन्ने प्रश्नमा बाइडेनले भनेका छन्, ुहेर्नुस्, उनी हुन् । मैले यस अर्थमा उनलाई तानाशाह भनेको हुँ कि, उनी यस्तो देशको सत्ता चलाउँछन् कि जुन कम्युनिस्ट देश हो । जहाँको सरकारको स्वरूप हाम्रोभन्दा पूर्ण रूपले फरक छ ।ु बाइडेनको पछिल्लो अभिव्यक्तिले बेइजिङ रिसाउन सक्ने सीएनएनका ह्वाइट हाउस प्रोड्युसर डोनाल्ड जडले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।

त्यसो त अमेरिकी राष्ट्रपति बाइडेनले आफूलाई चिनियाँ राष्ट्रपति सीलाई सबैभन्दा बढी संगत गरेको अमेरिकी नेताका रूपमा समेत उभ्याएका थिए । उनले भनेका थिए, ुम उनलाई चिन्दछु । मलाई उनको कार्यप्रणाली थाहा छ । उनको आँखामा देख्छु स् हामीबीच मतभेद छ । केही कुरामा उनको दृष्टिकोण मेरोभन्दा फरक छ तर उनी सिधा छन् । मेरो मतलब यो होइन कि असल, उत्कृष्ट र फरक, बिल्कुल सिधा ।

याे पनि हेर्नुस्
Loading...