ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

Nisharg hospital

२७ भदौ, सर्लाही । सर्लाहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

Navjiwan hospital adv

हरिवन नगरपालिका–९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझीको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

उनलाई पूर्व पश्चिम राजमार्ग अन्र्तगत हरिवन नगरपालिका १० नयाँरोड चोकमा सोमबार बिहान ४ बजे हेटौंडातर्फ जाँदै गरेको ना ८ ख ८२६७ नं. को ट्रकले ठक्कर दिएको थियो ।

प्रहरीले ट्रकका चालक सिराहा मिर्चैया नगरपालिका–९ बस्ने ३७ वर्षीय ललित चौधरीलाई पक्रेका छन् ।

याे पनि हेर्नुस्
Loading...