डोटीमा लुटपाटको आरोपमा धारिलो हतियार सहित युवक पक्राउ

Nisharg hospital

२७ भदौ धनगढी । डोटीमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा  युवक पक्राउ परेका छन् ।

swostik

जिल्लाको आदर्श गाउँपालिका–१ सिर्कलाका २९ वर्षीय शंकर खड्का चक्कुसहित जंगलबाट पक्राउ परेका हुन्। उनलाई आदर्श गाउँपालिका–२ साउनकाँडाको जंगलबाट समातिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीमाथि चोरीमा संलग्न रहेको आरोप लागेको छ। उनलाई भदौ १ गते माइती घरगईरहेकि सायल गाउँपालिका–६ की २७ वर्षीया पार्वती कटुवालले लगाएको सुनको गरगहना लुटेको आरोपमा पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...