बाजुरामा युवती मृत्यु प्रकरण : माइती पक्षले किटानी दिएपछि श्रीमान पक्राउ

Nisharg hospital
krishi add

२९ भदौ, धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–७ की २५ वर्षीया गोमा सार्की मृत भेटिएको घटनामा उनका श्रीमान पक्राउ परेका छन् । माइती पक्षले दिएको किटानी जाहेरीपछि मृतक युवतीका श्रीमान देविन्द्र सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा माइती पक्षले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । देविन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बोगटीले बताए ।

गोमा सार्की घरमा पासो लगाएको अवस्थामा मृत भेटिएपछि माइती पक्षले श्रीमानसँग विगतदेखि नै झै–झगडा भइरहने गरेकाले हत्या गरेको आशंका गरेका थिए । तर बुधबार भने माइती पक्षले आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा मुद्दा दिएको हो ।

swostik

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । बुधबार नै उनको शव परीक्षण गरेर आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

यो पनी पढ्नुस्

बाजुरामा विवाहित युवती मृत फेला, हत्याको आशंका

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...