दार्चुलामा बलात्कारपछि भाउजुलाई जिउँदै जलाउनेलाई आजीवन कैद

Nisharg hospital

२९ भदौ, धनगढी । दार्चुलामा बलात्कारपछि भाउजुलाई जिउदै जलाएर हत्या गर्ने एक जनालाई आजीवन कैद सजाय भएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलका भोजराज खडायतलाई जिल्ला अदालतले आजीवन कैद सजाय हुने फैसला गरेको हो ।

swostik

खडायतलाई ज्यान मुद्दामा जन्मकैद हुने ठहर गरिएको छ भने जबरजस्ती करणीमा थप ७ वर्ष कैद, हाडनाता करणीमा १ वर्ष र डाँका मुद्दामा ७ वर्ष गरी गरेर १० वर्ष कारवासको सजाय सुनाइएको जिल्ला अदालतले जनाएको छ ।

डाँका मुद्दामा उनीलाई ७० हजार रुपैयाँ जरिवाना हुने ठहर गरिएको छ । मृतकको परिवारको भरणपोषणका लागि तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेशमा उल्लेख छ ।

गत जेठ २५ गते अभियुक्त भोजराज खडायतले काम छ भनेर भाउजु पर्ने ४२ वर्षीया अनिभा खडायतलाई घरबाट बोलाएर उखुबारीमा लगेर जबरजस्तीकरणी गरेका थिए । उनले अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाएर बलात्कार गरेपछि जिउँदै जलाएर उनको हत्या गरेका थिए । हत्यापछि उनी अनिभाले लगाएको सुनका गहना लुटेर भागेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...