अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना

cp new add
Nisharg hospital

२९ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनसनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

Nast Ad

धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

डा.केसीका सहयोगी डाक्टर अमृत जैशीले स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए । ‘उहाँको ब्लड प्रेसर निकै घटेको छ भने ब्लडमा सुगरको मात्रा पनि कम देखाएको छ,’ जैसीले भने, ‘त्यो सँगै रोग प्रतिरोधात्मक क्षमता घटेको छ । पिसाबमा पनि क्रिटनको मात्रा बढेको छ । अहिले वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमर नेतृत्वकको चिकित्सकको टोलीले उहाँको उपचार गरिरहेको छ ।’

धनगढी पुगेर सोमबार साँझदेखि २० औँ पटकको सत्याग्रह थालेका डाक्टर केसीको स्वास्थ्यमा मंगलबार रातिदेखि समस्या देखिन थालेको थियो । विगतका अनसनमा उनको स्वास्थ्यमा ढिलो गरेर समस्या देखिएपनि यस पटक भने तीन दिनमै जटिल खालको समस्या देखिएको डाक्टर जैसी बताउँछन् । ‘पहिले–पहिले उहाँको स्वास्थ्यमा ढिलो गरेर समस्या देखिन्थ्यो । उमेर बढ्दै जादा शरीर कमजोर भएकाले अहिले चाडै समस्या देखिएको छ,’ जैसीले भने ।

अनसनरत डा. केसीले पानी बाहेक अरु केही नखाएका कारणले स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । सरकारले आफूसँग गरेका सहमती कार्यान्वयन नगरेको भन्दै विभिन्न ७ बुँदे माग राख्दै केसी सोमबारदेखि धनगढीमा अनसन बसेका थिए ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २०औं सत्याग्रहमा बसेका डाक्टर केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन। लामो समयसम्म सरकारले वार्ता गर्न उदासिन भए डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिने चिन्ता गरिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...