धनगढीको समैजी स्टोरमा छापा : राजश्व कार्यालयले स्टक भिडाउँदै

kmc

३० भदौ, धनगढी । धनगढीको समैजी स्टोरमा कर छलीको आशंमा छापा हानेको आन्तरिक राजश्व कार्यालयले स्टकमा राखिएको सामानको विवरण संकलनको काम सकेको छ । आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलकाअनुसार समैजी स्टोरमा गोदममा भण्डारण गरेर राखेको सबै सामानको विस्तृत विवरण संकलन गर्न काम पूरा भइसकेको छ ।

अब समैजी स्टोरले राजश्व कार्यालयले बुझाएको स्टकको विवरणसँग गोदाममा छापा हानेर आफैले संकलन गरेको विवरण भिडाउने काम भइरहेको जनाएको छ ।

‘हामीले अहिले खाताको स्टक इन्ट्री गरिरहेका छौँ । त्यसपछि हामी संकलन गरेरल्याएको विवरण पनि भिडाउछौँ,’ सूचना अधिकारी पौडेलले प्रेसपत्रसँग भने, ‘उसले कार्यालयलाई टिपाएको विवरण र हामीले टिपेकोमा फरक हुनसक्छ भनेर हेरिरहेका छौँ ।’ पौडेलका भनाइमा समैजी स्टोरले कार्यालयमा बुझाएको कागजपत्रअनुसार संकलीत विवरण भिडासकेपछि मूल्याङ्कन गरिनेछ ।

त्यसपछि मात्रै के–कति मूल्यको फरक रहेछ भन्ने कुरा खुल्नेछ भने राजश्व कार्यालयको दाबीअनुसार समैजी स्टोरले कर छली गरे÷नगरेको कुरा पनि मूल्याङ्नपछि मात्र थाहा हुनेछ ।

suklaphata

धनगढीको चौराहमा रहेको समैजी स्टोरले कर छली गरेको आशंकामा आन्तरिक राजश्व कार्यालयले बुधबार छापा हानेर त्यहाँ रहेको स्टक सामानको विवरण संकलन गरेको थियो ।

राजश्व कार्यालयले बताएअनुसार समैजी स्टोरले ठूलो परिमाणको सामान स्टक गरेर सरकारी कागजपत्रमा थोरै विवरण देखाएको उजुरीपछि छापा हानिएको थियो । अनुसन्धानका क्रममा समैजी स्टोरले कर छली गरेको देखिएको अवस्थामा प्रचलित कानून बमोजिम कारबाही गरिने आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।

सम्बन्धीत समाचार :

धनगढीको समैजी स्टोरमा आन्तरिक राजश्व विभागको छापा

धनगढीको समैजी स्टोर : भोलिसम्म कर कार्यालयको नियन्त्रणमै रहने

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...