‘प्रहरी हौं’ भन्दै ३० लाख लुटपाट, ३ जना पक्राउ

Nisharg hospital

३० भदौ, धनगढी । ‘प्रहरी हौं’ भन्दै ३० लाख लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुर घर भएका २९ वर्षका योगेन्द्र तामाङ, रामेछापको सुनापति गाउँपालिका घर भएका २० वर्षीय मीनबहादुर तितुङ उर्फ रोहित र सिन्धुलीको मरिण घर भएका ३० वर्षीय देव लामा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले काठमाडौंको ठमेलमा ओरियन्टल मनी एक्सचेन्ज चलाउने प्रकाश श्रेष्ठलाई गत भदौ २२ गते लुटपाट गरेको पाइएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले श्रेष्ठले मनि एक्सचेन्ज बन्द गरेर साँझ डेरामा जाँदै गरेका बेला हामी प्रहरी हौं, झोला के छ ? भनेर नियन्त्रणमा लिएर लुटपाट गरेको प्रहरीको भनाई छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...