कैलालीको गोदावरीमा प्रहरी पुग्दासम्म आधा जलेको मानव कंकाल गायब !

Nisharg hospital

३० भदौ, धनगढी । कैलालीको गोदावरी आर्यघाटमा जलेको अवस्थामा फेला परेको मानव कंकाल गायब भएको छ ।

बुधबार दिउँसो मलामी गएका अत्तरियाका स्थानीयले आर्यघाट नजिकै घाँटी र टाउको बाहेकेको भाग जलेको कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

swostik

तर बिहीबार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उक्त मानव कंकाल खोजी गर्दा फेला नपरेको जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले मानव कंकाल भेटिएको भनिएको क्षेत्रमा खोजी गर्दा समेत फेला नपरेको जानकारी दिए ।

उनले मानव कंकाल आर्यघाट क्षेत्रमै भेटिएकाले सामाजिक सञ्जालमा सार्वजनिक भएको थाहा पाएपछि आफन्तले व्यवस्थापन गरेको हुनसक्ने जनाए । बुधबार मलामी गएका बेला अत्तरियाका स्थानीय केशवसिंह धामीले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यस्तो थियो कंकाल

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...