बाजुरामा जब ७० वर्षीया महिलालाई युवकले बलात्कार गरिरहेको श्रीमानले देखे…

Dhangadhi

३१ भदौ, धनगढी । बाजुरामा ७० वर्षीया बृद्धमाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ । बुढीगंगा नगरपालिका–६ का ४० वर्षीय बिष्णु भारतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Nisharg hospital

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले बुधबार बेलुका बोल्न र हिड्न नसक्ने अवस्थाकी वृद्धामाथि भारतीले बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीकाअनुसार भारतीले राति महिलामाथि बलात्कार गरिरहेको उनका श्रीमानले देखेपछि घटना बाहिर आएको हो । महिलाका श्रीमानले देखेपछि झ्यालबाट हाम फालेर भाग्न खोज्दा घाइते भएका भारतीको धनगढीमा उपचार भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...