सर्पले टोक्दा डडेल्धुरामा किशोरको मृत्यु

cp new add
Nisharg hospital

३१ भदौ, धनगढी । डडेल्धुरामा सर्पले टोक्दा  किशोरको मृत्यु भएको छ। परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जीतेन्द्र ओखेडाको सर्पले टोक्दा मृत्यु भएको हो।

Nast Ad

बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि जीतेन्द्र आफैँले सर्प मारेर फेरि बिस्तरामा सुतेका थिए। तर, एक्कासी विषले असर गरेपछि उनलाई बैद्यकहाँ लगिएको थियो।

त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ। ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र थिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...