धनगढी विमानस्थलमा जहाज अवतरण गर्दा स्याल प्रवेश गरेपछि…

Nisharg hospital

३१ भदौ, धनगढी । धनगढी विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो ।

Navjiwan hospital adv

जहाजले धनगढीको आकाशमा करीब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको जानकारी दिए ।

उनकाअनुसार अन्य प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाले आकाशमा फन्को मार्नुपरेको हो । विमानस्थल कार्यालयकाअनुसार बेलाबखत ग्राउण्डमा स्याल प्रवेश गर्दा समस्या हुने गरेको छ ।

शुक्रबार बिहानैदेखि वर्षा भइरहेपनि धनगढी विमानस्थलमा हुने हवाई उडान भने प्रभावित भएका छैनन् ।

 

याे पनि हेर्नुस्
Loading...