सरकारले विद्युत विधेयक फिर्ता लियो

Nisharg hospital

३१ भदौ, काठमाडौं । सरकारले राष्ट्रियसभामा विचाराधीन ‘विद्युत विधेयक, २०७७’ फिर्ता लिएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकले सर्वसम्मतिले पारित सो प्रस्ताव फिर्ता भएको घोषणा गरे ।

उनले भने, ‘माननीय सदस्यहरु, नेपालको संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली २०७५ को नियम ११६ बमोजिम माननीय ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई राष्ट्रियसभामा विचाराधिन विद्युत विधेयक २०७७ फिर्ता गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु ।’

राष्ट्रियसभाको अर्को  बैठक आगामी असोज २ गते आइतबार बिहान १० बजेर ५९ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...