सुदूरपश्चिममा बुढाथोकी र सोडारी राज्यमन्त्रीमा नियुक्त

Seti
arth ok

३१ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई जना राज्यमन्त्री थपेका छन् ।

Nisharg hospital

भट्टले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा एकीकृत समाजवादीकी सुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारीलाई नियुक्त गरेका हुन् ।
उनीहरु दुवै जनालाई मुख्यमन्त्री भट्टले पद तथा गोपनियताको सपथ पनि खुवाएका छन् ।

समाजवादीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका कुलबिर चौधरी एमाले प्रवेश गरेपछि उनको सिट खाली थियो । समाजवादीकै आर्थिक मामिला राज्यमन्त्री अमर साउदलाई फिर्ता बोलाएर उनको ठाउँमा सोडारीलाई नियुक्त गरिएको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...