कैलालीमा पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

Nisharg hospital
krishi add

१ असोज, धनगढी । कैलालीमा अविरल वर्षाका कारण गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक माथिबाट गएको पहिरोले भिमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

swostik

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार राति करीब पौने ३ बजेतिर गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

उनकाअनुसार भिमदत्त राजमार्गकै अन्य ४-५ ठाउँमा पनि स–साना पहिरो गएर सडक अवरुद्ध भएको छ । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...