अछाममा पहिरो : ८ जनाको मृत्यु, १० जना बेपत्ता

Nisharg hospital

१ असोज, धनगढी । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा गरेर पहिरोमा परेर ८ जनाको मृत्यु भएको हो भने १० जना अझै बेपत्ता छन् ।

कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

Dhangadhi suchana

कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।

ढकारी गाउँपालिका(६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए । उनकाअनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।

यसअघि तुर्माखाद गाउँपालिका–५ काँडामा घर पुरिंदा २ जनाको शव फेला परेको थियो भने सात जना अझै बेपत्ता छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...