कैलालीमा घर भत्किदा दुई जना घाइते

Nisharg hospital

१ असोज, धनगढी । कैलालीमा घर भत्किादा दुई जना घाइते भएका छन् । जिल्लाको चुरे गाउँपालिका र टीकापुर नगरपालिकामा घर भत्किदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले चुरे गाउँपालिका–३ सहजपुर बस्ने रामप्रसाद सापकोटाको टिनले छाएको घर माथिबाट आएको पहिरोले भत्किदा ८ वर्षीय छोरा आयुष घाइते भएको जानकारी दिए ।

उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । टिकापुर नगरपालीका २ बिजयनगर बस्ने २२ वर्षीय शिसिर चौधरीको कच्ची घर भत्किदा उनी घाइते भएका छन् ।

डीएसपी जोशीकाअनुसार घाइते चौधरीको टाउको र छातीमा सामान्य चोट लागेको छ । उनलाई उपचारका लागि कोहलपुर लगिएको छ ।

याे पनि हेर्नुस्
Loading...