कैलालीको अत्तरियामा आयोजना गरिएको महोत्सवको आयव्यय सार्वजनिक

cp new add
Nisharg hospital

धनगढी । कैलालीको अत्तरियामा आयोजना गरिएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको छ।

Nast Ad

अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा टिकट बिक्रीबाट हुने आम्दानी दोब्बरले बढेको जनाएको छ ।

सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट गत वर्ष टिकट बिक्रीबाट २४ लाख ४४ हजार आम्दानी भएकोमा यो वर्ष बढेर ५३ लाख ६८ हजार ५५० पुगेको हो ।

मंगलबार महोत्सवको आयव्यय विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संघले यो वर्ष २३ लाख ९८ हजार ७० रुपैयाँ नाफा गरेको जनाएको छ । गत वर्ष १० लाखको हाराहारीमा मात्र नाफा आर्जन भएको थियो।

महोत्सवमा ९० लाख ३० हजार ४ सय १० रुपैयाँको कारोबार भएको उद्योग वाणिज्य संघ अत्तरियाका कोषाध्यक्ष हेमराज भण्डारीले  बताए । उनले महोत्सव सञ्चालनका लागि ६६ लाख ३२ हजार ३४० रुपैयाँ खर्च भएको बताए ।

जसमा कलाकारको खर्च १७ लाख ३८ हजार ८ सय, टेन्ट खर्च ८ लाख ७५ हजार, प्रिन्टिङ खर्च ६ लाख ८४ हजार ७२६, अतिथि सत्कार, उद्घोषक खर्च २ लाख ६५ हजार ८ सय, आयोजक खाना खर्च २ लाख २७ हजार ४७६ भएको जनाइएको छ ।

महोत्सवको १५ लाख ३५ हजार १३७ हजार उठाउन बाँकी रहेको र, ५ लाख ८७ हजार २६१ तिर्न बाँकी रहेको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...