धनगढीको अपी सैपाल क्याफेमा पर्सीदेखि १०० को खानामा साइकल उपहार, अरुमा १० प्रतिशत छुट

Nisharg hospital
krishi add

धनगढी । धनगढीको अपी सैपाल थकाली खाना घर एण्ड क्याफेले होलीको अवसरमा विशेष योजना ल्याएको छ । सैपाल क्याफेले होलीको अवसर पारेर ९ चैत अथात् पर्सीदेखि १६ चैतसम्मका लागि विशेष अफर तथा छुट योजना ल्याएको हो ।

क्याफेले खासगरि खानामा छुटसहित उपहार दिइने जनाएको छ । धनगढी उपमहानगरपालिका–५ को हसनपुरमा रहेको अपी सैपाल क्याफेका सञ्चालक रामबहादुर बोहराले विभिन्न परिकारमा १० प्रतिशत, पेय पदार्थमा ५ प्रतिशत छुट दिइने बताए ।

swostik

यस्तै, एक सय रुपैयाँमा पाइने खानामा साइकल उपहार राखिएको बोहराले बताए । उनकाअनुसार क्याफेमा खाना खान आउने ग्राहकहरुको विवरण संकलन गरेर राखिनेछ भने चिठ्ठा मार्फत छनोट गरि एक जनालाई साइकल उपहार दिइनेछ ।

क्याफेका प्रबन्धक गोविन्द धामीले ९ गतेदेखी १५ गतेसम्म खाना खाने ग्राहकको नाम ठेगाना लिने र उहाँहरुलाई चिठ्ठा प्रणालीबाट साइकल उपहार दिने योजना रहेको बताए । धनगढी रङ्गशाला अगाडि रहेको क्याफेले एक सय रुपयाँमा शाकाहारी खाना खुवाउदै आएको छ ।

खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिडो पाइन्छ । खाना घरमा मटन र लोकल चिकेन खाना २५० मा खुवाइने छ भने थकाली खानाको मूल्य ४२०, कोदो र मकैको रोटी, चटनी, साग र मोहिको १७० रुपैयाँ मूल्य रहेको छ । होटलमा बझाङको अर्गानिक मकै र कोदो अनि भाङोको चटनी र मोही नास्ताको रुपमा उपलब्ध छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...