धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

Nisharg hospital

२ असोज, धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।

शनिबार धनगढी उपमहानगरपालिका–७ कालिका चोकमा से६प ९६५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका कैलारी गाउँपालिका ३ का १६ वर्षीय अङ्केश्वर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...