कञ्चनपुरमा दुई महिलासहित तीन जनाको शव भेटियो
२ असोज, धनगढी । कञ्चनपुरमा तीन जनाको शव बेवारिसे अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै एक जना गरेर तीन जनाको भेटिएको प्रहरीले जनाएको छ ।
शव सडेको अवस्थामा भएकाले पहिचान गर्न कठिन भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले बताए । तर लुगाका आधारमा दुई शव महिलाको हुनसक्ने अनुमन गरिएको उनी बताउँछन् ।
उनकाअनुसार ती शवबारे अनुसन्धान जारी छ ।