भागेर भारत जाँदै गरेका कञ्चनपुरका दुई किशोरी सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा

cp new add
Nisharg hospital

घरबाट भागेर भारततर्फ जाँदै गरेका कञ्चनपुरका दुई किशोरीलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गड्डाचौकी–बनबासा सीमा क्षेत्रबाट नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाएको छ।

बेलडाँडी गाउँपालिका–१ बस्ने १४ र १५ वर्षका दुई किशोरी गड्डाचौकी हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय एसएसबीको ५७औँ बटालियनअन्तर्गत ई कम्पनी बनबासाको चेकपोस्टमा महिला सहजकर्ता टोलीले शंका लागेर सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा उनीहरू घरबाट भागेर भारततर्फ जान लागेको खुलेपछि एसएसबीले दुवैलाई नेपाल फिर्ता पठाएको हो।

उनीहरूलाई बिहीबार बिहान नेपाल ल्याई सशस्त्र प्रहरी बल नेपाल गड्डाचौकीस्थित गुल्ममा बुझाइएको थियो। त्यसपछि शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीबाट खटिएकी परामर्शदाताको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...