कञ्चनपुरमा भेटिएका ३ शवको पहिचान भएन, डीएनए संकलन गर्न डाक्टर घटनास्थल जादै

Nisharg hospital

३ असोज, धनगढी । कञ्चनपुरमा सडेको अवस्थामा भेटिएका तीन जनाको शवको पहिचान हुन सकेको छैन । लालझाडी गाउँपालिका–१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै अर्का एक जना गरेर तीन जनाको शव भेटिएपनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

pradesh helath nirdesanalaye
gauriganga

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले शव कंकाल भइसकेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको बताए ।
‘दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन्,’ प्रहरी निरीक्षक मल्लले भने, ‘अर्को चुरा र लुगाको आधारमा महिलाको भएपनि पहिचान गर्न सकिएको छैन ।’

आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ । डीएनए संकलनका लागि बेलौरीबाट डाक्टरलाई बोलाइएको छ । अहिले चिकित्सकको टोली घटनास्थलतर्फ आइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...