धनगढीमा जीप र मोटरसाइकल ठोक्किए

Nisharg hospital

३ असोज, धनगढी । धनगढीमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना घाइते भएका छन् । धनगढीको चटकपुरमा मोटरसाइकल र जीप आपसमा ठोक्किदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार से १ च २३७० नम्बरको जीप र म २ प ७३१७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका हुन् । उनको परिचय खुलेको छैन ।

उनको अहिले मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

याे पनि हेर्नुस्
Loading...