फेसबुकमा ‘अल बिदा’ लेखेर पत्रकार बेपत्ता

cp new add
Nisharg hospital

३ असोज, धनगढी । सामाजिक सञ्जालमा फेसबुुकमा ‘अल बिदा’ लेखेका एक पत्रकार बेपत्ता भएका छन् । सोमबार बिहानदेखि सम्पर्कविहिन भएका पत्रकार विदुर कटुवाल अहिलेसम्म भेटिएका छैनन् ।

Nast Ad

श्रीमतीसँग डिभोर्स गर्नुभन्दा मर्नु बेस भन्दै स्टाटसको सुरुमै ‘अल बिदा’ लेखेका उनको त्यसयता मोबाइल स्वीच अफ रहेको प्रहरीले जनाएको छ । काठमाडौंको बुद्धनगरमा भाइसँग बस्दै आएका उनी बिहानै डेराबाट निस्किएको नजिकको सिसिटिभी क्यामेरामा देखिन्छ । प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । उद्धार गर्नका लागि पत्रकारहरु पनि खटिएका छन् ।

उनले स्टाटसमा, ‘डिभोर्सको पेपरमा ल्याप्चे लगाएर कायरता देखाउनुभन्दा मृत्यु नै रोजेँ प्रिय रिता, मिस यु’ भनेर श्रीमतीलाई सम्बोधन गरेका छन्। बिहान ९ बजेको समयमा उनले लेखेको फेसबुक स्टाटसमा श्रीमतीलाई पहिलेको कुरा सम्झाउँदै उल्लेख गरेका छन्, ‘प्रिय रिता,तिमीलाई मैले मर्न मन लाग्छ भनेको थिएँ। मर मर भन्थ्यौ। अब मर्छु। बाँच्दिन खुशी हुनु ।’

छोरोलाई सम्झाउँदै लेखेका छन्, ‘बाबाले मामुलाई डिभोर्स दिनुभयो भन्ने हल्ला तिमीले सुन्नुभन्दा बाबा मर्नुभयो भन्ने खबर नै ठीक हुन्छ होला छोरो ! ’

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...