
४ असोज, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–६ बगुवाड घर भइ हाल धनगढीमा बस्दै आएका यज्ञराज अवस्थीमाथि चेक अनादर (ब्ल्याङ्क चेक)को मुद्दा दर्ता गरिएको छ । सुर्नया गाउँपालिका–६ कैरिगाका मानबहादुर कुँवरले खाली चेक दिएको भन्दै उनीमाथि मुद्दा दर्ता गरेका हुन् ।

कुँवरले अवस्थीलाई व्यापार व्यवसाय चलाउन १० लाख ऋण दिएको तर पछि ऋणको पैसा नतिरेको बताएका छन् । अवस्थीले कुँवरलाई १० लाखको चेक दिएको तर खातामा पैसा नभएपछि कुँवर समस्यामा परेका हुन् ।
उनले अवस्थीविरुद्ध बैतडी जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै विनिमय अधिकार ऐन २०३४ अनुसार हदैसम्मको कारवाही माग गरेका छन् ।

यता अवस्थीले कुँवरका दाजुसँग गरेको कुराकानीमा मानबहादुर कुँवरले अपशब्द बोलेको आरोप लगाएका छन् । पैसा तिर्नुछ भन्दैमा अपशब्द बोल्नु ठीक नभएको उनले बताए ।
