अनशनरत केसीलाई लिन सेनाको स्काइ ट्रक धनगढीमा, केसीले मानेनन् काठमाडौं जान

cp new add
Nisharg hospital
Ban Mantralye

४ असोज, धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा। गोविन्द केसीलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी आएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका छन् ।

तर उनले उपचारका लागि काठमाडौं जान मानेका छैनन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह गरेका छन् ।

tourism

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...