अनशनरत केसीलाई लिन सेनाको स्काइ ट्रक धनगढीमा, केसीले मानेनन् काठमाडौं जान

Seti
arth ok

४ असोज, धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा। गोविन्द केसीलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी आएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका छन् ।

Nisharg hospital

तर उनले उपचारका लागि काठमाडौं जान मानेका छैनन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह गरेका छन् ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...