बैतडीमा घर भत्किँदा च्यापिएर १५ वर्षीया किशोरीको मृत्यु, २ घाइते

cp new add
Nisharg hospital

४ असोज ,बैतडी । बैतडीमा घर भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ लेककी १५ वर्षीया पूजा लुहारको च्यापिएर मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले जानकारी दिइन्।

माटोको छानो भएको घर एक्कासी सोमबार राति २ बजेतिर भत्किँदा सुतीरहेकी पूजाको च्यापिएर मृत्यु भएको उपाध्यक्ष बिना भट्टले बताइन् ।

आफ्नो घरबाट काकाको घरमा सुत्नका लागि गएकी पूजाको घरको छानो भत्किँदा च्यापिएर मृत्यु भएको हो। घरमा च्यापिएर अन्य दुईजना समान्य घाइते भएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...