डा. केसीलाई काठमाडौँ लैजान सेती अस्पतालदेखि धनगढी एयरपोर्टसम्म प्रहरी खटाइए

Nisharg hospital

४ असोज, धनगढी । सेती प्रादेशिक अस्पतालले अनसनरत डाक्टर गोविन्द केसीलाई कडा खालको अल्सरको देखिएको बताएपछि काठमाडौँ लैजान खोजिएपनि नमान्दा समस्या भएको छ ।

प्रादेशिक अस्पतालका चिकित्सकको टोलीले सम्झाइ बुझाई गर्दा समेत केसीले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको दाबी गर्दै काठमाडौँ जान अस्वीकार गरेका छन् भने जबरजस्ती नगर्न आग्रह गरिरहेका छन् ।

Aishwya
Dhanagdhi

उनलाई लैजान धनगढी आइपुगेको नेपाली सेनाको स्काई ट्रक साढे २ घण्टादेखि धनगढी विमानस्थलमा रोकिएको छ । केसीलाई विमानस्थलसम्म पुगाउन आवश्यक सबै तयारी गरिएपनि उनले नमान्दा समस्या भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रशासनले केसीलाई काठमाडौ लैजान सेती प्रादेशिक अस्पतालदेखि धनगढी विमानस्थलसम्म ठाउँ ठाउँमा प्रहरी खटाएको छ । केसीलाई लैजाने बेला हुनसक्ने सम्भावित असुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रशासनको भनाई छ ।

अहिले पनि केसीलाई फकाउने प्रयास जारी छ । स्वास्थ्य सेवा सुधारको माग गर्दै धनगढीको कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पातल भर्ना गरिएको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...