कञ्चनपुरमा बच्चा चोर्न खोज्ने ४ जना पक्राउ

Nisharg hospital
krishi add

५ भदौ, धनगवढी । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ बाट बच्चा चोर्न खोजेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

swostik

पक्राउ पर्नेमा रौतहट घर भएर कैलालीको अत्तरिया बस्ने २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु शाह, २५ वर्षीय राजकिशोर शाह र २७ वर्षीय विकासकुमार शाह रहेको प्रहरी नायब ९डीएसपी० उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

स्थानीयले बच्चा चोर्न लागेको भन्दै घेरा हालेर नियन्त्रणमा लिएपछि पक्राउ गरिएको शाहले बताए । अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको छ । उनीहरुले वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोजेको आरोप छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...