डाक्टर गोविन्द केसीलाई काठमाडौँ लैजान सेतीका चिकित्सकहरु फकाउन व्यस्त

Kailali hospital
Nisharg hospital

५ असोज, धनगढी । अनसनरत डाक्टर गोविन्द केसीलाई उपचारका लागि काठमाडौँ लैजान सेती प्रादेशिक अस्पतालका चिकित्सकहरु फेरी उनलाई मनाउन सक्रिय भएका छन् ।

गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले प्रादेशिक अस्पताल प्रशासनलाई केसीलाई मनाइदिन आग्रह गरेपछि उनीहरु बिहानैदेखि फकाउन व्यस्त छन् ।

Navjiwan hospital adv

‘डाक्टर साबहरुसँग उहाँलाई काठमाडौँ लैजाने वातावरण बनाउन भूमिका खेलिदिन आग्रह गरेका छौँ,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने, ‘उहाँको स्वास्थ्य गम्भीरतालाई ध्यानमा राखेर लैजान खोजिएको हो । अहिले डाक्टर साबहरु मनाउन लागिरहनुभएको छ ।’

मंगलबार डाक्टर केसीलाई लैजान नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेपनि जान नमानेपछि रित्तै काठमाडौँ फर्किएको थियो । सेती प्रादेशिक अस्पतालले केसीलाई केसी खालको अल्सरको लक्षण देखिएको भन्दै टिचिङ अस्पतालका लागि रेफर गरिसकेको छ तर डाक्टर केसीले आफ्नो अवस्था समान्य रहेको भन्दै जान मानिरहेका छैनन् ।

१० दिनदेखि आमरण अनसनरत केसीको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ तर उनले औषधी प्रयोग गर्न समेत अस्वीकार गरेका छन् ।

याे पनि हेर्नुस्
Loading...