बसको ठक्करबाट एक जनाको मृत्यु

Nisharg hospital

६ असोज, काठमाडौं । पर्यटक बसले ठक्कर दिंदा भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् ।

swostik

श्रेष्ठलाई सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नं. को बसले बुधबार राति साढे ८ बजेतिर ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको डा. ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...